नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
२४ बैशाख २०८०, आईतवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तको २० प्रतिशत दरका कुल ४१ हजार ४०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।












