एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण
२४ बैशाख २०८०, आईतवार १२:५५

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको तौलिहवा शाखा कार्यालय वैशाख २४ गते स्थानान्तरण भएको हो ।
बैंकको कपिलवस्तु नगरपालिका, पुरानो हाटबजार तौलिहवा कपिलवस्तुमा संचालनमा रहेको तौलिहवा शाखा आजदेखि साविकको स्थानबाट ठिक अगाडी (करिब ५० मिटर दक्षिण तर्फ) स्थानान्तरण भई सो नयाँ स्थानबाट सम्पूर्ण बैकिङ्ग कारोबार संचालन हुने बैंकले जनाएको छ ।











