लाईसेन्स वितरण प्रकृया सिधै भ्रष्टाचार होः डा. स्वर्णिम वाग्ले

काठमाडौं । लाईसेन्स वितरण प्रकृया सिधै भ्रष्टाचार नै रहेको रास्वपाका नेता डा। स्वणिम वाग्लेले बताएका छन् । आईतबार नेपाल बिजनेश समिटमा रास्वपका नेता डा स्वर्णिम वाग्लेले कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएको हो ।नयाँ कम्पनीलाई लाईसेन्स दिने प्रकृया उचित हो । कम्पनीहरु एक अर्कामा प्रतिस्पर्धी भए थप सुढुद हुने हुँदा भ्रष्टाचार रहित लाईसेन्स वितरण हुनुपर्छ भन्ने मेरो मान्यता हो भन्दै आफनो विचार कार्यक्रममा व्यक्त गरेका थिए ।
उनले कार्यक्रममा मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।अन्तर्राष्ट्रिय कर्जा लिने सीमित स्रोत छ, अन्तर्राष्ट्रिय दातृनिकायबाट लिएको ऋण खर्च गर्न सकेका छैनौं तर अनावश्यक क्षेत्रमा मनलाग्दी खर्च गरिरहेका छौं,’ वाग्लेले भने, ‘आन्तरिक ऋण कति लिने भन्ने विषयमा समेत हामीले निर्मम भएर समिक्षा गर्नु जरुरुी रहेकोछ ।हाल रेमिट्यान्स आप्रवाहले बाह्य क्षेत्रको सन्तुलन केही सहज भए पनि दीर्घकालीन भने नभएको वाग्लेको धारणा छ ।
शासकीय कुशासन र अहंकारमा नेपाल श्रीलंका जस्तै भए पनि श्रीलंका र नेपालको समस्या फरक भएको उनले बताए । तत्कालै आयात र निर्यातको असन्तुलन घटाउँदै बाह्य क्षेत्रको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ ।प्रविधिमा आधारित राज्यले गिग अर्थतन्त्र चलायमान बनाउनुका साथै सन् १९९५ देखि रोकिएको आर्थिक सुधारको गतिलाई चलायमान बनाए नेपालको अर्थतन्त्रले तत्कालै गति लिन सक्ने ठाउँ भएको वाग्लेले बताए ।
‘अनुत्पादक क्षेत्र र घरजग्गा क्षेत्रमा लगानी भएकाले कर्जा विस्तार र आर्थिक वृद्धिको सम्बन्ध नदेखिएको भन्ने धेरै साथीहरुलाई थाहा छ,’ वाग्लेले भने, ‘हामीले सोध, संवाद र सहमतिबाट अहिले देखिएका समस्या समाधान गर्नुपर्छ ।’पछिल्लो समय नयाँ लाइसेन्स वितरणमा भ्रष्टाचार गम्भीर विषय भएको भन्दै उनले अर्थतन्त्रका प्राविधिक विषयभन्दा पनि मनोवैज्ञानिक विषयमा सुधार गर्दै जानुपर्ने धारणा राखे ।












