यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२४ बैशाख २०८०, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ६० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ३ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, मकर जितुमाया हाइड्रोपावरको १ करोड ८९ लाख, नबिल बैंकको १ करोड ६८ लाख, एनआइसी एशिया बैंकको १ करोड ५३ लाख र ङादी ग्रुप पावरको १ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













