आज यी कम्पनीको शेयर मूल्य बढ्यो
२४ बैशाख २०८०, आईतवार १५:०६

काठमाण्डौं । साता कारोबारको पहिलो दिन अर्थात आईतवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १९.१२ को अंकले घटेर १८५० को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा गिरावट आएतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ ।
त्यस्तै, इष्टर्न हाइड्रोपावर, सनराइज ब्लुचिप, बलेफि हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।













