१९ अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचक सर्वाधिक घट्दा कारोबार ६० करोडमा खुम्चियो

२४ बैशाख २०८०, आईतवार १५:११

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ ।

आम शेयर लगानीकर्ताहरु मौद्रिक नीतिको समिक्षाको पर्खाइमा रहेका छन् । नयाँ अर्थमन्त्री आएपनि शेयरबजार सुधारका नीमित्त कुनै खालको पहल नभएका कारण शेयर लगानीकर्ताहरु निराश बन्न पुगेका छन् ।

आज शेयरबजारमा यसैका वाबजुत पनि जम्मा ६० करोड ६२ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । २२ अर्बसम्मको कारोबार भएको नेपाली पुँजीबजारमा पछिल्ला केही महिनायता अर्ब मुनिको कारोबार हुन थालेको छ । नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड माथिको कारोबार भएको हो ।

नेप्सेमा रहेका सबै उपसूचकहरु आज राताम्य छन् । सबैभन्दा बढी हाइड्रोपावर उपसूचक २.०४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.७९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*