लक्ष्मी लघुवित्तका संचालक अभिलाषा पन्तको राजिनामा स्वीकृत
२५ बैशाख २०८०, सोमबार १०:३९

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकि स्वतन्त्र संचालक अभिलापा पन्तको राजिनामा स्वीकृत भएको छ । कम्पनीको बैशाख २४ गते बसेको संचालक समितिको निर्णयले पन्तको राजिनामा स्वीकृत गरेको हो ।
संस्थाकि स्वतन्त्र संचालक अभिलाषा पन्त शर्माले बैशाख २५ गतेदेखि लागू हुने गरी स्वतन्त्र संचालक पदबाट राजिनामा दिएकि थिन् ।











