खराब कर्जा बढेसँगै सिभिल लघुवित्तको नाफा ८७ प्रतिशतले घट्यो, इपिएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ८७ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै घटेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी १३.२४ प्रतिशतले घटेर १५ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन मुनाफा ८७.५८ प्रतिशतले घटेर ९३ लाख ६४ करोड रुपैयाँमा सीमित भएको छ । समिक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २२ लाख एक हजार रुपैयाँ रहेको छ ।
यता कम्पनीको चुक्ताप्ँजी ११ प्रतिशतले बढेर ३१ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १०.८५ प्रतिशतले बढेर कोषमा ८ करोड ३१ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २.७३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ११ पैसा रहेको छ ।
साथै सो अवधिसम्म संस्थाको खराब कर्जा १.७६ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ । यसकारण पनि संस्थाको नाफामा उच्च गिरावट हुन पुगेको हो ।












