यूनिटेक हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका ३६ करोड रकम बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।
यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।












