५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सांसद कमला पन्तको सुझाव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकि छिन्।आज राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग उनले ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकि हुन् ।
धेरै टेन्डर एउटै व्यक्तिलाई दिने र आयोजनाहरु अलपत्र परेको भन्दै आफनो गुनासो सुनाएकी छिन् । जसले समयमा आयोजनाहरु सम्पन्न नभईरहेको हुँदा यसतर्फ अर्थमन्त्रीलाई सुझाव दिएकि छिन्।‘बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं’, उनले बैठकमा भनिन्, ‘किसानले उत्पादन गरेको उपजको बजारको ग्यारेन्टी गरौं । कसरी गर्ने ठ्याक्कै भनौं ।’
भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको राय छ ।बोरामा बाधेर राखेको ५ सय रुपैयाँ र १ हजार रुपैयाँको नोटलाई प्रतिबन्ध गरौ भनेर सुझाव दिएकि छिन् ।











