ईङ्वा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँड हुँदै, कतिले पाउँदैछन् १० कित्ता शेयर ?
२५ बैशाख २०८०, सोमबार १४:५२

काठमाडौं । ईङ्वा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको केन्द्रीय कार्यालय ठमेल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिमदिनसम्म १० लाख ५९ हजार ९०१ जनाले आइपीओमा आवेदन दिएका थिए । यो १२ लाख ६८ हजार ६३९ कित्ता शेयरको १०.८६ गुणा बढी हो ।
कम्पनीको आइपीओ १ लाख २६ हजार ८६३ जनाले १० कित्ताका दरले पाउनेछन् । बाँकी ९ लाख ३३ हजार ३८ जनाको हात खाली हुनेछ ।












