यी हुन् आज शिवम् सिमेन्ट्सहित सर्वाधिक कारोबार हुने टप कम्पनी

२५ बैशाख २०८०, सोमबार १५:०४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ ।

शेयरबजार घट्दा आज ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ३ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख, हिमालयन डिष्टिलरीको २ करोड २० लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड १ लाख र एनआइसी एशिया बैंकको १ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*