१६ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य

२५ बैशाख २०८०, सोमबार १५:०९

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही दिनउताको तुलनामा आज कारोबार रकम केही प्रतिशत बढ्न पुगेको छ ।

नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक होटल तथा पर्यटन उपसूचकको २.४४ प्रतिशत र हाइड्रोपावर उपसूचकको १.८९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*