डिप्रोक्स लघुवित्तको व्यवसाय खुम्चियो, मुनाफामा भारी गिरावट, इपिएससहित अन्य सूचांक कस्तो ?

काठमाडौं । डिप्रोक्स लघुवित्तले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृतक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र आम्दानी दुवै घटेको छ ।
कम्पनीको मुनाफामा उच्च अंकको ३६.३५ प्रतिशतले गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमासिक अवधीसम्म आईपुग्दा कम्पनीले जम्मा २७ करोड ७५ लाख ८२ हजार ६६५ रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आवको यसै अवधीमा कम्पनीले ४३ करोड ६१ लाख मुनाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ७.८५ प्रतिशतले घटेको छ । गत आवमा एक अर्ब दुई करोड खुद ब्याज आम्दानी गरेकोमा चालु आवको नौ महिने अवधीमा ९४ करोड नौ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको फि तथा कमिशनमा ६.६२ प्रतिशतले घटेर १५ करोडबाट झरेर १४ करोड ७७ लाखमा सीमित हुन पुगेको छ । समग्रमा कम्पनीको व्यवसाय खुम्चिन पुगेको छ भने मुनाफा घटेको छ । यद्यपि खुद ब्याज आम्दानी भने सामान्य अंकले मात्रै घटेको देखिएको भने प्रोभिजन बढेको देखिएको छ ।
कम्पनीको बितरणयोग्य मुनाफामा भने भारी गिरावट आएको छ । एक अर्ब ५२ करोड चुक्ता पुँजि भएको कम्पनीको वितरणयोग्य मुनाफा ५८ करोड दुई लाख ५७ हजार १०९ रुपैयाँ कमाएको छ । अघिल्लो आवमा कम्पनीले ९२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।
समीक्षा अवधीमा डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी २४.२५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३.५८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १३४९.२६ रुपैयाँ रहेको छ ।
देशमा उत्पन्न आर्थिक संकट र लघुवित्त कम्पनीहरुका विरुद्धमा देशव्यापी रुपमा उठेको आन्दोलनको परिणाम चालु आवमा अधिकांश लघुवित्त कम्पनीहरुको मुनाफा घटेको हो ।











