डिप्रोक्स लघुवित्तको खुद नाफामा ३६.३५ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?

२६ बैशाख २०८०, मंगलवार १०:१४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा ३६.३५ प्रतिशतले घटेर २७ करोड ७५ लाख रुपैयाँँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिसम्ममा संस्थाले ४३ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको प्रकाशित विवरणले देखाएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ७.८५ प्रतिशत घटेर ९४ करोड ९ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाको संचालन मुनाफा पनि ३६.३६ प्रतिशतले घटेर ३९ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर ४.४९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा घटेर २४ रुपैयाँ २५ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.२५ गुणा रहेको छ ।

१ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १६ अर्ब ९३ करोड रुपैयाँ निक्षेप था सापटीबाट १८ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*