भर्खरै आइपीओ निष्काशन गरेको मोदी इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

२६ बैशाख २०८०, मंगलवार ११:१९

काठमाडौं । भर्खरै साधारण शेयर (आइपीओ) जारी गरेको मोदी इनर्जी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ १६ गते डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा बस्नेगरी डाकेको हो ।

सभाले कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८।७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरण वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले लेखा परीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले कम्पनीको नियमावलीको नियम २७ (३) संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्रमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म आइपीओ निष्काशन तथा विक्री खुला गरेको थियो । उक्त आइपीओ बाँडफाँड भने हुन बाँकी नै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*