एक हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२६ बैशाख २०८०, मंगलवार १५:०४

काठमाडौं । मंगलबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक आज १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा जम्मा ७७ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४५ लाख, स्वाभिमान लघुवित्तको प्रोमोटर शेयरको ३ करोड ४७ लाख, नबिल बैंकको २ करोड ३ लाख र हिमालयन डिष्टिलरीको १ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













