नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
२६ बैशाख २०८०, मंगलवार १६:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कम्पनीको शेयरमूल्य १८९ रुपैयाँका आधारमा नेप्सेले ७५ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज गरेसँगै १५१ रुपैयाँ १४ पैसा शेयरमूल्य कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि कम्पनीको कारोबार खुल्नेछ ।












