युनिक नेपाल लघुवित्तको खुद नाफामा गिरावट, कस्ता छन् अन्य सुचक ?

२७ बैशाख २०८०, बुधबार १०:०७

काठमाण्डौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले ५ करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाले ६ करोड २२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १० करोड २७ लाख रुपैयाँ कमाएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी १९.३१ प्रतिशतले घटेर १६ करोड ६४ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा ब्याज आम्दानी २० करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी ११ करोड ६ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा २ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समिक्षा अवधिमा संस्थाको रिजर्भको आकार २९.०७ प्रतिशतले घटेर १७ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २४ करोड ९६ लाख रुपैयाँ रहेको थियो । संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५७.५३ रुपैयाँ, पीई रेसियो ५.८१ गुणाले ऋणात्मक र प्रतिसेयर नेटवर्थ ३३४.१८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*