नेपाल राष्ट्र बैंकद्वारा जाल्पा सामुदायिक लघुवित्तको बम्पर लाभांश संशोधन, कति बाँड्दैछ अब ?

२७ बैशाख २०८०, बुधबार १०:२९

काठमाडौं । शेयरधनीहरुलार्ई गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा नेपाल राष्ट्र बैंकले कैंची चलाएको छ । लघुवित्तले यसअघि शेयरधनीहरुलाई ७३ प्रतिशत बोनस शेयर र ३.८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गत फागुन १० गते लघुवित्त संस्थाहरुलाई परिपत्र जारी गरी लाभांश वितरण सम्बन्धी व्यवस्थालाई थप संकुचन गरेकोमा संस्थाले लाभांश संशोधन गरी कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुलाई परिपत्र जारी गरी लाभांश वितरण सम्बन्धी व्यवस्थालाई थप संकुचन गरेको र सो बमोजिम १५ प्रतिशत भन्दा बढी लाभांश प्रस्ताव गरिएको अवस्थामा संस्थाको चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने रकम बाहेक बाँकी रकमको ९५ प्रतिशत रकम विभिन्न कोषहरुमा जम्मा गर्नुपर्ने र बाँकी ५ प्रतिशत रकम मात्रै शेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्न सकिने व्यवस्था गरेको थियो ।

सो अनुसार संस्थाले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा वितरणयोग्य मुनाफाको ठूलो हिस्सा विभिन्न कोषहरुमा जम्मा भई संचित नाफा कोषमा रहेको नाफा क्षय हुने र उक्त कोषहरुमा रहेको रकम संचित नरहने साथै शेयरधनीहरुको हितमा पनि हुने नदेखिएकाले १५ प्रतिशत मात्रै लाभांश बाँड्ने निर्णय भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*