प्रभु बैंकको करिब ५ लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

२७ बैशाख २०८०, बुधबार ११:३५

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकका संस्थापक शेयरधनी संजय कुमार मोरले आफ्नो नाममा रहेको ३८ हजार २८३ कित्ता, बिनिता अधिकारीको २ लाख कित्ता, कृष्ण प्रसाद आचार्यको ८६ हजार ४६८ कित्ता, भोज कुमार सिटौलाको ३३ हजार १८ कित्ता र प्रदीप मान वैद्यको १ लाख ३४ हजार २१८ कित्ता शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले यसअघि संस्थापक शेयरधनीहरुकै लागि बिक्री गर्नका लागि ३५ दिने सूचना आम्ह्वान गर्दा सो समयभित्र कुनै पनि आवेदन नपरेकोले बैंकले अन्य व्यक्ति तथा संस्थाहरुको लागि उक्त शेयर बिक्री खुल्ला गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा के कति कित्ता शेयर लिने हो सम्पूर्ण व्यहोरो खुलाई निवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*