गुराँस लघुवित्तको सिइओमा विष्णु प्रसाद उपाध्याय नियुक्त
३ जेष्ठ २०८०, बुधबार १०:४५

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
संस्थाको जेठ २ गते बसेको संचालक समितिको बैठकले जेठ ३ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं. १ निवासी उपाध्यायलाई नियुक्त गरेको हो ।











