साढे ५ लाखले पाएको मोदी इनर्जीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

४ जेष्ठ २०८०, बिहीबार ११:०१

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ ५ लाख ६१ हजार २२६ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९२ रुपैयाँ ९७ पैसा देखि २७७ रुपैयाँ ७१ पैसासम्म पाउने देखिएको छ ।

नेप्सेले जुनसुकै कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि कम्पनीको वास्तविक नेटवर्थको आधारमा मूल्य तोक्ने गर्दछ । कम्पनीको आव २०७७।७८ को वास्तविक प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९७ पैसा रहेको छ । सोही नेवटर्थको आधारमा उक्त रेञ्ज पाउने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*