कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाका शेयरधनीहरुको नाममा रहेको १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन् । यसअघि संस्थापक शेयरधनीलाई ३५ दिनको अवधि दिएर सूचना जारीमा खरिद आवेदन नपरेकोमा अन्य व्यक्ति तथा संस्थालाई शेयर खुल्ला गरिएको हो ।
खरिद आवेदन दिन १५ दिनको म्याद दिइएको छ । इच्छुक लगानीकर्ताले उक्त अवधिभित्र संस्थाको पोखरामा रहेको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।












