नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध

४ जेष्ठ २०८०, बिहीबार १३:१०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सूचना जारी गरेको छ ।

बैंकले सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको छ । बैंकले त्यस्ता खालको वाइफाईबाट डिजिटल कारोबार गर्दा ग्राहकहरुको गोप्य सूचना चोरी हुन सक्ने सम्भावना भएकोले मोबाइल बैकिङ्ग तथा अन्य अनलाइन कारोबार गर्दा सकेसम्म सार्वजनिक वाइफाइको प्रयोन नगर्न भनेको हो ।

बैंकले डिजिटन भुक्तानी तथा कारोबार सम्बन्धी सचेतनाका लागि आफ्ना ग्राहकहरुलाई यस्ता खालका जोखिमबाट सचेत हुन आग्रह गरेको हो । सार्वजनिक स्थलहरुमा वल्र्डलिङ्कले आफ्ना प्रयोगकर्ताहरुको सहजताका लागि फ्रि–वाइफाईको व्यवस्था गरेको छ । यसरी सार्वजनिक वाइफाई प्रयोग गरि डिजिटल कारोबार गर्दा आफ्नो गोप्य सूचना जस्तै, ओटिपी कोड, पासवर्ड जस्ता चिजहरु ह्याक हुन सक्ने सम्भावना बढ्ने भएकोले बैंकले त्यस्ता वाइफाईको माध्यमबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको हो ।

 

May be an image of phone and text that says 'ग्राहक महानुभावहरुको लागि जानकारी! !! सार्वजनिक वाईफाई (Wi-Fi) बाट डिजिटल कारोबार गर्दा हजुरहरुको गोष्य सूचना चोरी हुन सक्ने सम्भावना भएकाले कृपया मोबाइल बैंकिड्र तथा अन्य अनलाइन कारोबार गर्दा सकेसम्म सार्वजनिक वाईफाईको (Wi-Fi) प्रयोग नगर्नुहुन अनुरोध गर्दछौं| NIMB म NEPAL VESTMENTMEG नेपाल इन्मेष्टमेण्ट गाबैकि. +977- 4242530, 9851147829 9851145829 info@n .np.hepk@nin www.n www.nimb.com.np समृद्धिको पथमा सँगै अघि बददै'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*