अर्थतन्त्र सुधारको बाटो खुल्ला हुँदै गएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका पक्षहहरुको बाटो खुल्ला भएको बताएका छन् । मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो उत्तर दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको दाबी गरे । सरकारले विकास निमार्ण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप शसक्त बनाएको उनले बताए । जसले राज्यप्रति जनताको विश्वास बढ्दै गएको उनले बताए । यस्तै भूकम्प पीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी हुने उनले बताए ।











