अरुण भ्याली हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
८ जेष्ठ २०८०, सोमबार १०:२५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको छ ।
कम्पनीको वैशाख ६ गते बसेको संचालक समितिको बैठकलेकायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न आयोगबाट स्वीकृत प्राप्त भएको हो ।
साथै स्वीकृत प्राप्त भएपश्चात् अब कम्पनीले हकप्रद शेयर निष्काशनको लागि साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ ।












