सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
८ जेष्ठ २०८०, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो अर्थात सोमबार पनि शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८.१० अंकले बढेर १८९१ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार बढेतापनि ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज नयाँ सारथी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, तेह्रथुम पावर कम्पनी, युनिक्यु नेपाल लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













