थप तीन कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

काठमाडौं । थप तीन कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेका छन् । आज मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेका हुन् ।
मितेरी बैंकले गत गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस सेयर र सांग्रिला बैंकले गत चैत १७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारणसभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।
सबैको लघुवित्तले गत फागुन २६ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट पारित १८ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनिको हितग्राही खातामा पठाएको हो ।












