बैंकहरुको ब्याजदर घट्ने संकेतले नेप्से इन्डेक्स १९ सय विन्दुमाथि, सबै उपसूचकमा हरियाली छाउँदा कारोबार २ अर्ब नाघ्यो

९ जेष्ठ २०८०, मंगलवार १५:१३

काठमाडौं । बैंकहरुको ब्याजदर घटाउँदै लैजाने संकेत देखिएपछि शेयरबजार आज १९ सयको विन्दुमा उक्लिएको छ । लामो समयसम्म १८ सयको विन्दुमा कायम रहेको नेप्से सूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा कायम हुन पुगेको छ ।

सोमबार नेपाल बैंकर्स संघले बैंकहरुको आधार दर घट्दै गएकाले कर्जाको ब्याजदर क्रमशः घट्ने बताएका थिए । कर्जाको ब्याजदर औषतमा ११ प्रतिशतमा कायम हुने संकेत देखिएसँगै शेयर लगानीकर्ताहरुमा उत्साह थपिदा आज मार्केट ग्रोथ हुन पु्गेको हो ।

शेयरबजारमा एकाएक उछाल आएसँगै आज कारोबार रकम समेत बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक ४.०५ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ४.०३ प्रतिशतले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*