सनराइज बैंकद्वारा साधारण सभा आह्वान
१० जेष्ठ २०८०, बुधबार ०९:३०

काठमाडौं । सनराइज बैंक लिमिटेडले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले असार ३ गते, आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा पन्ध्रोँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गर्ने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।











