कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता शेयर बिक्रीमा

१० जेष्ठ २०८०, बुधबार १०:०६

काठमाण्डौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

अब उक्त शेयरमा ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई खरिद आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*