लाभांश पाउन नेशनल लाइफमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी

१० जेष्ठ २०८०, बुधबार १५:०३

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से सूचक आज १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ ।

शेयरबजारमा आज एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १४ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८१ लाख, सोल्टी होटलको ५ करोड ६८ लाख र ओरियन्टल होटलको ४ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*