जीवन विकास लघुवित्तको गाइघाट शाखामा तालाबन्दी

१२ जेष्ठ २०८०, शुक्रबार १५:५१

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गाईघाट शाखामा तोडफोड भएको छ । लघुवित्त विरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली नेतृत्वको समर्थकहरुले लघुवित्तको शाखा तालाबन्दी गरी प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

दुईपक्षबीच भएको झडपमा आन्दोलनकारी दुईजना प्रहरीतर्फबाट एकजना घाइते भएको उदयपुर गाइघाट प्रहरी प्रशासनले जनाएको छ । आन्दोलनकारीहरुले विभिन्न पाँच बुँदे माग राख्दै जिल्ला प्रहरी कार्यालय नै घेराउ गरेका थिए ।

उदयपुर जिल्लाका अध्यक्ष बिना मगरको अध्यक्षतामा सुरु भएको विरोध कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका र प्रदेश नं. १ का सम्पूर्ण जिल्लाका लघुवित्त पीडित महिलाहरुको उपस्थिति रहेको थियो । आन्दोलनकारी महिलाहरुले जीवन विकास लघुवित्तको कार्यालय तालाबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*