नबिल बैंक खाता खल्तीमा लिङ्क गर्दा रु. १०० बोनस प्राप्त र ४३ इन्चको स्मार्ट टिभी जित्ने मौका

१२ जेष्ठ २०८०, शुक्रबार १७:१२

काठमाडौं ।  खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा सोको बैंक खाताको बैंक लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिङ्क गर्दै रु. १०० बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि.भी, र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्ने जनाएको छ ।

प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा रु. १०० बोनस प्राप्त गर्नेछन्। प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली बिजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक हप्ता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन प्राप्त गर्ने जनाएको छ ।

यसका साथै , खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौं मूल्यका पुरस्कार र कुपनको प्राप्त गर्नसक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर जित्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*