पुँजीबजारलाई पारदर्शि र प्रतिस्पर्धी बनाइ लगानीकर्ताको हित सुनिश्चित गरिने

१५ जेष्ठ २०८०, सोमबार १८:५९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारलाई पारदर्शी तथा प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले पुँजीबजारमा संस्थागत लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने समेत बताए । साथै गैरआवासीय नेपालीहरुलाई धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका हाइड्रोपावर कम्पनी तथा वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*