नेपाल टेलिकम लगायत सार्वजनिक संस्थाले निश्चित प्रतिशत शेयर विनिमय गर्नुपर्ने
१५ जेष्ठ २०८०, सोमबार १९:१०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक संस्था नेपाल टेलिकम, वायुसेवा निगम लगायतका संस्थाहरुको निश्चित प्रतिशत शेयर विनिमय गर्ने नीति लिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले निरन्तर घाटामा गएका कम्पनीहरुलाई रणनीति साझेदार भिक्र्याई व्यवस्थापन सुधार प्रक्रिया अघि बढाइने बताए ।












