८ वाणिज्य बैंकको शेयरमूल्य झण्डै आइपीओकै मूल्यमा, लगानीकर्तालाई लगानीको अवसर

१६ जेष्ठ २०८०, मंगलवार १२:४०

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयरमूल्य अन्य कम्पनीको तुलनामा कम हुने गर्दछ । तर लगानी जोखिमाङ्कनको आधारमा भने बैंकहरुको शेयर अन्य कम्पनीको तुलनामा कम हुने शेयरविज्ञहरु बताउँछन् ।

नेप्सेमा हाल सूचीकृत कम्पनीको संख्या २११ रहेको छ । सोमध्ये बैंकहरुको पेड अप क्यापिटल बढी हुने भएका कारण पनि धितोपत्र दोस्रो बजारमा शेयरमूल्य कम हुने भएको शेयर विज्ञहरुको भनाई छ । वाणिज्य बैंकहरुको रिजर्भ फण्डमा समेत अर्बौ हुने भएका कारण पनि शेयर लगानीकर्ताहरु वाणिज्य बैंकहरुको शेयर लगानी गर्न डराउँदैनन् ।

अन्य कम्पनीको तुलनामा कमर्सियल बैंकहरुको शेयरमूल्य ह्वात्तै बढ्ने घट्ने उतारचढाव भने हुँदैन । जसकारण लगानीकर्ताहरुले ‘लङ टर्म इन्भेष्ट’का लागि सर्वाधिक वाणिज्य बैंकहरु नै रोज्ने गर्दछन् ।

पछिल्लो समय लगातारको करेक्सनले दोस्रो बजारमा सूचीकृत केही कमर्सियल बैंकहरुको शेयरमूल्य अत्यधिक सस्तिएको छ । नेप्सेमा सूचीकृत कुल १९ वाणिज्य बैंकमध्ये ८ बैंकको शेयरमूल्य झण्डै आइपीओकै मूल्यमा पुग्न थालेको छ ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा कम प्रभु बैंकको शेयरमूल्य १६५ रुपैयाँ रहेको छ । साथै कुमारीको १६६ रुपैयाँ, सिटिजन बैंकको १७४.९० रुपैयाँ, सनराइज बैंकको १७७ रुपैयाँ, लक्ष्मी बैंकको १७८ रुपैयाँ ७० पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८० रुपैयाँ, ग्लोबल आइएमई बैंकको १८४ रुपैयाँ र प्राइम कमर्सियल बैंकको १९४ रुपैयाँ रहेको छ ।

यी ८ कमर्सियल बैंकको लास्ट ट्रेड प्राइस (एलटीपी) अनुसार बैंकहरुको शेयरमूल्य घट्दै गएसँगै लगानीकर्ताहरुको लगानी समेत बढ्दै गइरहेको छ । प्रायजसो दोस्रो बजारमा यी बैंकहरुकै धितोपत्र सर्वाधिक खरिद माग गरिएको नेप्से चार्टमा देखिन्छ ।

शेयर विज्ञहरुका अनुसार बैंकको प्रतिशेयर आम्दानी, इक्विटी, नेटवर्थ, नाफा नोक्सान वित्तीय अवस्था, आरओई, प्रतिशेयर कुल सम्पत्तिको मूल्य, रिजर्भ फण्ड, डिभिडेण्ड हिस्ट्रि यावतका सूचकहरु एनलाइसिस गरेर मात्रै शेयर किन्दा लगानी जोखिम कम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*