लगानीकर्ता पौडेलको प्रश्न : मर्जर र एफपीओबाट प्राप्त लाभ लिएर शेयर बेचिसकेकालाई के गर्ने ?

१६ जेष्ठ २०८०, मंगलवार १४:५८

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा पुँजीबजार सुधारको निमित्त गहकिलो कार्यक्रम नसमेटिएपछि आम लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । सामाजिक संजालमार्फत लगानीकर्ताहरुले आगामी आवको बजेटलाई इङ्गित गर्दै विभिन्न प्रश्नहरु उठाएका छन् ।

शेयरबजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई पुँजी बजार विरोधी नीतिले क–कसलाई फाइदा पुर्यायो भनि प्रश्न गरेका छन् । साथै मर्जर एक्विजिशन, एफपीओमा लगाएको कर, पुँजीबजार विरोधी नीतिले क–कसलाई फाइदा पुर्यायो ? भन्ने जस्ता प्रश्नहरु सामाजिक संजालमा पोष्ट्याएका छन् ।

पौडेलले फेसबुकमा लेखेका छन्, ‘हे ईश्वर ! ती बैंक वित्तीय संस्थाहरुले कहाँबाट ती व्यक्ति र संस्था खोज्ने होलान्, जसले पहिले नै मर्जर एक्विजिसन, एफपीओबाट प्राप्त लाभ लिएर सेयर बेचेर निस्के । अनि अहिले जसको हातमा त्यो बेचिएको सेयर छ, उसले के आधारले हिजो संस्था तथा स्वयं सरकारले गरेको गल्तीको भार बोक्नुपर्ने । कसरी उसको अहिले आर्जित नाफाबाट आर्कोले तिर्नुपर्ने कर तिर्ने ?’

‘बैंक तथा वित्तीय संस्थाको मर्जर र एक्विजिसन हुनुअघि र अहिले कायम सेयरधनी एउटै रहिरहेको भए त फरक नपर्ला तर जसले हाल तिर्नु पर्ने भनिएको कर नतिरी नाफा खाए र शेयर बेचे तिनीहरुबाट कसरी असुल गर्ने’, पौडेलले लेखेका छन्, ‘समाधानको पाटो र असर नहेरी लोकप्रियताको लागि गरिएका यस्ता निर्णयहरुले दीर्घकालीन रुपमा नै वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई किन नबुझेका होलान्। सरकार अर्थ न बर्थको गलपासो म.ले.प.ले पारेको थियो, तिमीले फुकाउला भनेको झन कसिदियौ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*