बजेट घोषणापछि यी हुन् सर्वाधिक कारोबार भएका टप १० कम्पनी
१६ जेष्ठ २०८०, मंगलवार १५:०३

काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ ।
बजेटमार्फत लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज पुँजीबजारमा भारि गिरावट आएको हो । तर कारोबार रकम भने उच्च नै देखिएको छ । शेयरबजारमा आज २ अर्ब २३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक आज शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर शेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













