शिवम् सिमेन्टको शेयर मूल्य लगातार घट्दै, खानीमा पहिरोपछि संकटमा उद्योग

१८ जेष्ठ २०८०, बिहीबार ११:२७

काठमाडौं । खानीमा विशाल पहिरो गएर करोडौं रुपैयाँको नोक्सानीमा पर्दै गरेको शिवम् सिमेन्टको शेयर लगानीकर्ताहरुले धमाधम बिक्री गरिरहेका छन् । कम्पनीभित्रैका मानिसहरुले सेटिङमा धमाधम शेयर बिक्री गर्न थालेपछि उक्त कम्पनीको शेयर मूल्य दुई दिनदेखि लगातार घटिरहेको छ ।

शिवम् सिमेन्टले चुन ढुंगा उत्खनन् गर्दै आएको मकवानपुर जिल्लाको गढी गाउँपालिकाको सुकौरा र मझुवा खानीमा केही दिन पहिले ठूला ठूला सुख्खा पहिरो गएको थियो । हाल मानिस समेत जान नसक्ने अवस्थामा रहेको सो दुई वटा पहिरो हटाउन कम्पनीको करोडौं रुपैयाँ खर्च हुने भएको छ । उद्योग नचलेर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला शिवम् सिमेन्टको खानीमा पहिरो जाँदा उद्योग थप संकटमा फस्न पुगेको छ ।

उता, दोस्रो बजारमा शिवम् सिमेन्टको शेयर मूल्य लगातार घटिरहेको छ । हिजो ४६२ बाट ४४७ रुपैयाँसम्ममा झरेको शेयर कारोबार बन्द हुँदा ४५२ रुपैयाँमा पुगेको थियो । आज पनि ४४६ रुपैयाँमा झरिसकेको शिवम्को शेयर तल घट्न नदिन सेटिङमा ४४६ रुपैयाँमा १० कित्ता बिक्रीमा राखेर ब्याक सपोर्ट राखेको देखिएको छ । करोडौं रुपैयाँ नोक्सानीमा परेपछि घटेको शेयर मूल्य धेरै तल जान नदिन केही समुहले सेटिङमा शेयर खरिद बिक्री गरिरहेको अनुमान गरिएको छ । गत मंगलबार १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा हिजो ११ करोडको शेयर बिक्री भएको थियो ।

उद्योगमा पहिरोका कारण आउन सक्ने संकटलाई ध्यान दिँदै कम्पनीभित्रैबाट आफ्ना र चिनेजानेकाहरुलाई शेयर बिक्री गरेर सुरक्षित हुन सूचना चुहाएको स्रोतले जनाएको छ ।

 

 

One thought on “शिवम् सिमेन्टको शेयर मूल्य लगातार घट्दै, खानीमा पहिरोपछि संकटमा उद्योग

  1. PS says:

    6% plus badheko lai ghateko bhanido raichha?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*