लुम्बिनी विकास बैंकको ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने

१९ जेष्ठ २०८०, शुक्रबार ०९:४८

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा अब जेठ ३० गतेसम्म आवेदन दिन सकिने बैकले जनाएको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*