पुँजीबजार सुधारको निम्ति राज्यलाई खबरदारी गरिरहेको छु: हरि ढकाल

१९ जेष्ठ २०८०, शुक्रबार १४:१९

काठमाडौं । शेयर लगानीकर्ताहरु आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट तथा आर्थिक विधेयक संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १४ गते घोषणा गरेको बजेटमा आफुहरुले माग राख्दै आएको पुँजीगत लाभकर घटाउनुपर्ने विषय सम्बोधन नभएपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

बजेटमार्फत एफपीओ निष्काशन तथा मर्जरमा गएका कम्पनीहरुले थप कर तिनुपर्ने व्यवस्था गरेको छ । थप कर तिनुपर्ने अवस्था आएपछि लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने माग राखेका हुन् ।

बिहिबारदेखि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले ‘आर्थिक विधेयक सम्सोधन गर, ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम गर, पस्चगामी कर नीति खारेज गर, सबैभन्दा पारदर्शी कारोबार पुँजीबजार मै छ, लगानीकर्ता माथि जालझेल बन्द गर, पुँजीबजारमा ३९ प्रतिशत कर मान्दैनौ जस्ता पम्प्लेटहरु बोकेर विरोध गरेका हुन् ।

लगानीकर्ताहरुले गरेको आन्दोलन कार्यक्रममा बोल्दै सांसद तथा लगानीकर्ता हरि ढकालले देशको आर्थिक मेरुदण्डको क्षेत्र पुँजीबजारलाई राज्यले कसरी हेर्छ, र पुँजीबजारप्रतिको राज्यको बुझाई के कस्तो रहेको भनेर बुझ्ने अवसर पाएको बताए । उनले भने, ‘राज्यलाई पुँजीबजार सुधारको निम्ति सशक्त रुपमा खबरदारी समेत गरिहेको छु ।’

साथै सांसद ढकालले आम लगानीकर्ताहरुलाई एउटैं सशक्त महासंघ बनाउनुपर्ने समेत सुझाव दिएका छन् । लगानीकर्ताहरुको एउटै महासंघ बनेमा सदनमा लगानीकर्ताहरुको माग समेत उठाउन सहज हुने उनले बताए ।

 

फोटो :सचिन आचार्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*