रावा इनर्जि डेभलपमेन्टको आईपीओमा ९ गुणा बढीको आवेदन

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आइपीओमा करिव ९ गुणा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार ५ लाख १८ हजार ६०१ आवेदनबाट ५७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको ५७ लाख ७३ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन सर्वसाधारणको लागि छुटाइएको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको ८.९६ गुणा बढी हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।












