एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण
२१ जेष्ठ २०८०, आईतवार १०:१३

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले खानीखोला शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
बैंकको धुनीबेशी नगरपालिका वडा नं. ७, खानीखोला स्थित संचालनमा रहेको खानीखोला शाखा जेठ २१ गते आइतबारदेखि धुनीबेशी नगरपालिका वडा नं. ८, खानीखोला स्थित हालको भवनबाट बाटो परिपट्टीको (करिब १०० मिटर दक्षिण तर्फ) भवनमा स्थानान्तरण भएको हो ।
साथै स्थानान्तरित शाखा कार्यालयबाटै सम्पूर्ण बैकिङ्ग कारोबार संचालन हुने बैंकले जनाएको छ ।











