ग्लोबल आइएमई बैंकले कुपण्डोल शाखा कार्यालय स्थानान्तरण गर्दै
२२ जेष्ठ २०८०, सोमबार ११:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १०, कानदेवतास्थान, कुपण्डोल शाखा नयाँ भवनमा स्थानान्तरण गर्न लागेको हो ।
साथै सो शाखा कार्यलयबाट प्रदान गरिदै आएको लकर सेवा जेठ २८ गतेदेखि ललितपुरको कुपण्डोल ब्रिक्स क्याफे नजिक रहेको नयाँ भवनको पहिला तल्ला स्थित ग्लोबल आइएमई बैंकको कुपण्डोल शाखा कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ ।
लकरको सेवा उपभोग गरिरहेका ग्राहकहरुले आफ्नो लकरमा टुट–फुट हुन सक्ने संवेदशील सामान भएमा उक्त सामानहरु जेठ २५ गतेभित्र झिकी सुरक्षित गर्न बैंकले अनुरोध गरेको छ ।











