नेप्से १७।३८ अंकले घटयो, सबै उपसूचक राताम्मे

२२ जेष्ठ २०८०, सोमबार १५:१५

काठमाडौं। हिजो ५० अंक माथि पुगेको शेयर बजार आज घटेको छ। आज शेयर बजार १७।३८ अंकले घटेर १९०१।९९ को विन्दुमा कायम भएको छ।आज २२७ सूचीकृत कमपनीका ५६ लाख लाख २० हजार ३८१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा ओरालो लाग्दा सबै उपसूचक राताम्मे भएको छ। आज सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको उपसूचक घटेको देखिएको छ।आज रिभर फल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शिव्म सिमेन्ट्को शेयर मूल्य घटेको छ ।

आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स,र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुमिएको देखिएको छ ।शिव्म सिमेन्ट्समा सबैभन्दा धेरै लगानीकर्ता झुमिएका छन् कम्पनीको यस समयसम्मा १९ करोड ८९ लाखको शेयर खरिदबिक्रि भईसेको छ।

त्यस्तै, आईजीआई पु्रडेन्सियलको ९ करोड९८ लाख रुपैयाँ र चिलिमेको ९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*