रावा इनर्जीको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

२२ जेष्ठ २०८०, सोमबार १७:१५

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन परेको हो ।

अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब २७ करोड ६१ लाखब ४८० रुपैयाँ बराबरको १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि माग गरिएको हो । यो माग गरेभन्दा पनि बढी आवेदन हो ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गरेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ ।

बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणका लागि खुल्ला गरेको थियो । अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेकोले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*