हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा पहिलो दिनमै साढे ४ लाख कित्ताका लागि आवेदन

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा पहिलो दिनमै ५ हजार २८५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ बजेसम्म ४ लाख ४० हजार ३११ कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीको हकप्रदमा ४ करोड ४० लाख ३११ रुपैयाँ बराबरको ४ लाख ४० हजार ३११ कित्ताका लागि आवेदन परेको हो । कम्पनीले आज (जेठ २२ गतेदेखि)हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।












