यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२४ जेष्ठ २०८०, बुधबार १५:०३

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक सोल्टी होटल लिमिटेडको १० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ९७ लाख, नागरिक लगानी कोषको ६ करोड ९० लाख, नेपाल टेलिकमको ६ करोड ५२ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख रुपैयाँमाकिको कारोबार भएको छ ।













